दफा १३
दरखास्त उपर छानबिन
(१) दफा १२ बमोजिम दर्ता हुन आएका दरखास्तमा रजिष्ट्रारले आवश्यक छानबिन गरी यस ऐन बमोजिमको मापदण्ड पूरा गरेको देखिएमा सम्बन्धित दरखास्तवालाको नाम इन्जिनियरिङ व्यवसायी दर्ता परीक्षा सञ्चालन गर्ने प्रयोजनको लागि समिति समक्ष पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम छानबिन गर्दा कुनै कुरा अस्पष्ट भएमा रजिष्ट्रारले सो विषयमा _सम्बन्धित दरखास्तवालासँग आवश्यक प्रमाण वा कागजात “माग गर्न सक्नेछ।